अपडेट : हालसम्म ६० हजार ९५० जनाको उम्मेदवारी
सोमबार, १२ वैशाख २०७९, १९ : ०२

निर्वाचन आयोगले निर्धारण गरेको समय सीमाभन्दा ढिलो गरी मनोनयन दर्ता भइरहेको छ । आयोगले सोमबार साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको थियो ।
तर आयोगले तोकेको समयभन्दा ढिलो गरी पनि मनोनयन दर्ता भइरहेको छ । आयोगका अनुसार साँढे ६ बजेसम्म ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट ६० हजार ९५० जनाले उम्मेदवारी दर्ताको जनाएको छ । आयोगका अनुसार हालसम्म प्रमुख पदमा १९१४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १९४४ जनाले दर्ता गराएका छन् ।
यसैगरी उपप्रमुख पदमा ११७३ तथा उपाध्यक्ष पदमा १३१९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वडाध्यक्ष पदमा १५ हजार २८५ जना, महिला सदस्य पदमा ९८९१, महिला दलित सदस्य पदमा ८६९४ र सदस्य पदमा २० हजार ७३० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड