बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

१ करोड ८७ लाख भष्टाचार गरेको आरोपमा अख्तियारद्वारा नासु थापाविरुद्ध मुद्दा

सोमबार, १२ वैशाख २०७९, १८ : १६
सोमबार, १२ वैशाख २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार जाँचपास परिक्षण कार्यालय तिनकुनेमा नासु पदमा कार्यरत देवी बहादुर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नासु थापाले  १ करोड ८७ लाख ४७ हजार १ सय ४९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । 

नासु थापा २०५६ साउन ५ गते विचारी पदमा सेवा प्रवेशदेखि आर्थिक वर्ष २०७५/०७६ सम्मको जाँच अवधिमा निजले र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमले आफू, बाबु, आमा र श्रीमतीको नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरु दर्ता गरी परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरूका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी गरेको अख्तियारले अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् । 

उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा ९२० को प्रतिबन्धात्मक वाक्यांश एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम बिगो बमोजिमको जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको प्रवक्ता भण्डारीले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप