गरिमा क्यापिटलको छैटौँ साधारणसभा सम्पन्न
सोमबार, १२ वैशाख २०७९, १७ : ५०
गरिमा क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारणसभा राजधानीको बूढानीलकण्ठमा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । यस्तै लेखा परीक्षकको प्रतिवेदन पनि स्वीकृत भएको छ ।
साधारणसभाले आषाढ मसान्तमा कायम चुक्ता पूँजी एघार करोड एकासी लाखको १५.६५ प्रतिशतले हुन आउने रकमको एक करोड चौरासी लाख त्रियासी हजार आठ सय पन्चानब्बे रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएको छ ।
साधारणसभाबाट पाँच (५) जना सञ्चालकहरु निर्वाचित समेत भएका छन् । जसमा दिपक पाण्डेय, रमा कान्त बराल, यादवकुमार श्रेष्ठ, माधवप्रसाद उपाध्याय र अनिल श्रेष्ठ चयन भएका छन् । जसको अध्यक्षमा पाण्डेय निर्वाचित भएको पनि कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या