मे १ देखि काठमाडौँ–नारितामा साताको तीन उडान हुने
नेपाल वायुसेवा निगमले काठमाडौँदेखि नारितासम्म सातामा दुईवटा उडान गरिरहेकोमा मे १ गतेदेखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान सञ्चालन गर्ने भएको छ । उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रुहरू एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रुहरू मात्र बोक्न पाइने हुनाले यात्रु चाप एवं मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेको निगमले जनाएको छ ।
जहाजको क्षमता भन्दा करिब आधा कम क्षमतामा काठमाडौँ–नारिता यात्रु बोक्न परेको हुनाले स्वाभाविक रूपमा हाल भाडा दर समेत केही महँगो हुन गएको निगमको भनाइ छ । काठमाडौँ–नारिता सेक्टरमा करसहित बिजनेस क्लासमा १ लाख ५२ हजार रुपैयाँ र इकोनोमी क्लासमा १ लाख १९ हजार ७०० रुपैयाँ भाडा दर कायम गरिएको छ ।
तोकिएको मूल्य भन्दा बढी भाडा लिई टिकटहरू बिक्री वितरण गरेको पाइएमा नियमानुसार कारबाही हुने निगमले चेतावनीसमेत दिएको छ । नारिता–काठमाडौँ सेक्टरमा भने जहाज पूर्ण क्षमतामा उडान गरिरहेको प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला