बागलुङमा नबिल बैंकको दिगो बैंकिङ कार्यक्रम
नबिल दिगो बैंकिङले बागलुङको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकका संचालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनु पर्ने कुरालाई जोड दिदै नबिल बैंकले कृषि तथा महिला उद्यमशीलतालाई मध्यनजर गर्दै सबैलाई समेट्ने गरी अगाडी बढ्न चाहेको बताइन् ।
नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरताको बारेमा प्रकाश पारेका थिए । अन्तरक्रियाको दौरान स्थानिय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरूको समेत सम्बोधन गरिएको थियो । उक्त कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गत प्रदेश सरकार, भूमी व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि बिकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, बाग्लुङ र नबिल बैंक बिच पारस्परिक साझेदारीमा वित्तीय साक्षरता, वित्तीय पहुँच र उद्यमशीलता विकास गर्न सहकार्य गरी कृषि जन्य वाली÷वस्तु उत्पादन तथा प्रवर्द्धन, कृषिबजार विकास सहित व्यवसायिक कृषि उत्पादनको वृद्धि गरी रोजगारी सिर्जना गर्न सहयोग गर्न सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा नबिल बैंकको तर्फबाट गण्डकी प्रदेशका प्रमुख सूर्य बहादुर रोका र कृषि ज्ञान केन्द्र, बाग्लुङ तर्फबाट कार्यालय प्रमुख भानुभक्त भट्टराईले हस्ताक्षर गरे । कार्यक्रममा नबिल बैंक सेवा उत्कृष्टता प्रमुख प्रभावती सिंह विष्ट, नबिल बैंक बागलुङ शाखा प्रबन्धक सुदर्शन कुमार अर्याल रिचर्डको पनि उपस्थिती रहेको थियो । नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यो कार्यक्रम तथा कृषि ज्ञान केन्द्रको सम्झौता मार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरूलाई अझ बढी लक्षित वर्गमा पु¥याउन सहयोग गर्ने आशा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते