एउटाभन्दा बढी झण्डा प्रयोग गरे उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कुनै स्थानमा कुनै राजनीतिक दलको झण्डा राखिएमा हटाउन आग्रह गरेको छ । सोमबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलका विभिन्न कार्यक्रममा ३ बाई ३ फिटको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह प्रयोग गर्न आग्रह गरे ।
यदी पार्टी र चुनाव चिन्हको झण्डा एउटा भन्दा बढी प्रयोग गरेको पाइएमा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको रहेछ भनी उम्मेदवारलाई कारबाही गर्ने आयोग प्रवक्ता शर्माले बताए । यस्तै निर्वाचन सम्बन्धी दलको भेला, कार्यक्रम, जुलुसमा दलको झण्डा, चिन्ह अंकित झोला, क्याप, गम्झा, मास्क लगायत प्रयोग गरेमा सम्बन्धित ब्यक्ति नै कारवाहीमा पर्ने भएकाले व्यक्तिलाई सजग रहन आयोगले प्रस्ट पारेको छ ।
आयोगले निर्वाचन प्रयोजनका लागि खटाएका कर्मचारीलाई वैशाख १५ गतेभित्र खटाइएको सम्बन्धित स्थलमा पुग्न पनि आग्रह गरेको छ । निर्वाचन पर्यवेक्षणका लागि ६८ वटा संस्थाले अनुमति लिइसकेका र ति संस्थाबाट २० हजार पर्यवेक्षक चुनावमा खटिने शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म