बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

हेटौंडामा गठबन्धनका तर्फबाट मेयर र उपमेयरका उम्मेदवारको मनोनयन दर्ता

सोमबार, १२ वैशाख २०७९, १६ : २३
सोमबार, १२ वैशाख २०७९

हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयर र उपमेयरका उम्मेदवारले सोमबार उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् । उपमहानगरको मेयरमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले उम्मेदवारी दिएकी छन् ।

यस्तै, उपमेयरमा नेपाली काँग्रेसका राजेश बानियाँले उम्मेदवारी दिएका छन् । उनीहरु दुवैले मनोनयनपत्र दर्ता गराइसकेका छन् । मेयरमा उम्मेदवार दिएकी लामा २०७४ सालको निर्वाचनमा एमालेबाट हेटौंडाको उपमेयरमा निर्वाचित भएकी थिइन् ।

पार्टी विभाजनपछि उनले नेकपा एकीकृत समाजवादी रोजेकी हुन् । उपमेयरमा उम्मेदवार दिएका बानियाँ भने २०७४ को निर्वाचनमा हेटौंडा–५ का वडा अध्यक्ष निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप