शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा एमाले र राप्रपाबीच तालमेल, राप्रपाकी हिमला गुरुङ उपमेयर उम्मेदवार फाइनल

सोमबार, १२ वैशाख २०७९, १६ : २१
सोमबार, १२ वैशाख २०७९

चितवनको भरतपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भएको छ।  तालमेलअनुसार भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङ उपमेयर उम्मेदवार भएकी छन् । 

राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले गुरुङलाई पार्टीले उपमेयर बनाउने निर्णय गरेको बताए । यस्तै पाँचदलीय गठबन्धनबाट मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार रहेकी छन् भने उपमेयरमा नेपाली काँग्रेसको चित्रसेन अधिकारी रहेका छन् । 
चितवनमा दुई पक्षीय तालमेलले रोचक भिडन्त हुने देखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप