सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगरको मेयर र उपमेयरमा एमालेका उम्मेदवारको मनोनयनपत्र दर्ता

सोमबार, १२ वैशाख २०७९, १५ : ४६
सोमबार, १२ वैशाख २०७९

बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेबाट बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार कार्यकर्ताको साथ निर्वाचन कार्यालयमा पुगेर भट्टराईले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेबाटै उपमेयरमा सावित्रा अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । उम्मेदवारी दर्ता कार्यक्रममा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलका अतिरिक्त लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरी, हाल बुटवलका मेयर तथा एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी, उपमेयर तथा केन्द्रीय सदस्य गोमा आचार्य, युवा नेता गोपाल रानासहितको टोली पनि निर्वाचन कार्यालयमा पुगेको थियो । 

उम्मेदवारी दर्ता गराउनु अघि पत्रकारसँग कुरा गर्दै भट्टराईले  बुटवलको विकास र बुटवलवासीको जीवनमा खुशी ल्याउन आफूले उम्मेदवारी दिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप