शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले जनकपुर र जीतपुर सिमराको मेयर उपमेयर लगायो टुंगो

सोमबार, १२ वैशाख २०७९, १५ : ४१
सोमबार, १२ वैशाख २०७९

नेकपा एमालेले धनुषाको जनकपुर उपमहानगर र बाराको जीतपुर सिमराको मेयर उपमेयरको टुंगो लगाएको छ ।  एमालेले जनकपुरको मेयरमा शिवशंकर हिरा र उपमेयरमा रुना झालाई उम्मेदवार बनाएको हो । 

गठबन्धनबाट जनकपुरमा लालकिशोर साहलाई मेयरको उम्मेदवार बनाएको छ । त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको मेयरमा सरस्वतीदेवी चौधरी र उपमेयरमा भोला अधिकारीको टुंगो लगाएको हो । 

जीतपुर सिमरामा गठबन्धनका तर्फबाट माओवादीका मेयर उम्मेदवार राजन पौडेल छन् भने काङ्ग्रेसबाट उपमेयर मेघा शाही छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप