गठबन्धनबाट विराटनगरको मेयरमा कोइराला र उपप्रमुखमा यादवको उम्मेदवारी दर्ता
सोमबार, १२ वैशाख २०७९, १५ : ३७
![गठबन्धनबाट विराटनगरको मेयरमा कोइराला र उपप्रमुखमा यादवको उम्मेदवारी दर्ता](https://rpcdn.ratopati.com/media/albums/nagesh_f8QMd9Q27m.jpg)
विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट काँग्रेसका नागेश कोइराला र उपमेयरमा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार गठबन्धनका दुवै उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
काँग्रेस नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा पाँच दलीय सत्ता गठबन्धनले महानगर प्रमुखमा काँग्रेसबाट र उपप्रमुखमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनाउने सहमति गरेसँगै काँग्रेसले मेयरमा कोइराला र जसपाले उपमेयरमा यादवलाई उम्मेदवार बनाएको हो ।
उपमेयरका उम्मेदवार यादव भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् । २०७४ को निर्वाचनमा विराटनगर महानगरपालिकामा काँग्रेसले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या