मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न पार्टी परित्याग गरी अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश

सोमबार, १२ वैशाख २०७९, १५ : ३३
सोमबार, १२ वैशाख २०७९

एमाले  निकट सङ्गठन प्रवासी नेपाली संघ भारत, विप्लव नेतृत्व सङ्गठनलगायत अन्य सङ्गठनका नेता कार्यकर्ता  माओवादी निकट अखिल भारत नेपाली  एकता  मञ्चमा प्रवेश गरेका छन् ।  आइतबार एक कार्यक्रमका बीचमा प्रवासी नेपाली संघ भारतका सचिवालय सदस्य कृष्ण प्रसाद भट्टराईसहित दर्जनौँ कार्यकर्ता अखिल भारत नेपाली एकता मंचमा प्रवेश गरेका हुन् । 

पंजाबको लुधियानामा भएको कार्यक्रममा एकता मंचका केन्द्रीय अध्यक्ष राजेन्द्र शर्मा र वरिष्ठ उपाध्यक्ष जेबी रसालीले अविरमाला लगाएर स्वागत गरेका थिए ।  अखिल भारत नेपाली एकता मंच केन्द्रीय अध्यक्ष राजेन्द्र शर्माले  नेपालमा हुँदै गरेको निर्वाचनमा सत्ता गठबन्धनलाई जिताउनुपर्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप