दोस्रो दिन नेप्सेमा पुनः ३५ अंकको गिरावट
सोमबार, १२ वैशाख २०७९, १५ : २४
अघिल्लो दिन ९५ अंक माथिले बढेको नेप्सेमा दोस्रो दिन पुनः ३५ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३४.९५ अंकले घट्दै २३ सय ८६.०१ अंकमा झरेको हो। झन्डै ३५ अंकले घटेको बजारमा आज कारोबार रकम समेत घटेको छ । नेप्सेका अनुसार २ अर्ब ४ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ९५ अंकले बढेको बजारमा २ अर्ब ५६ करोड बराबरको कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये आज होटल र पर्यटन र म्युचुअल फन्ड बाहेका अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् । होटल तथा पर्यटन समूह ०.१३ प्रतिशतले बढेको छ भने म्युचुअल फन्ड ०.८२ प्रतिशतले । अघिल्लो दिन ७ प्रतिशत माथिले वृद्धि भएको हाइड्रोपावर समूह आज १.८७ प्रतिशतले घट्न पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको घटनाप्रति कांग्रेसको निन्दा
-
१० बजे १० समाचार : रिहा भए रवि, राष्ट्रपतिलाई मनाउन प्रमको फोन
-
अध्यादेशले तरंगित राजनीति, एकैसाथ जुर्मुराए सरकार र प्रतिपक्ष
-
रवि विरुद्ध बहस गरेकै कारण वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण