सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

महामन्त्री शर्माको भिटो : मेचीनगरमा सिटौला निकट पाण्डेको खोसियो टिकट

सोमबार, १२ वैशाख २०७९, १४ : १८
सोमबार, १२ वैशाख २०७९

काँग्रेसले मेचीनगर नगरपालिकाको प्रमुखमा इन्द्रबहादुर बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश समितिको निर्णयलाई उल्ट्याउँदै काँग्रेस केन्द्रीय संसदीय बोर्डले बुढाथोकीलाई मेचीनगरको प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

प्रदेश संसदीय समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको टिकट खोसेर बुढाथोकी काँग्रेसको आधिकारिक उम्मेदवार भएको सभापति शेरबहादुर देउवाले प्रमाणित गरेका छन् । महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर समेत रहेको मेचीनगरको प्रमुखको टिकट प्रदेश समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको थियो । 

नेता कृष्णप्रसाद सिटौला निकट पाण्डेलाई प्रदेश संसदीय बोर्डले टिकट दिएपछि  केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माको हस्तक्षेपमा बढाथोकीलाई उम्मेदवार बनाइएको छ । सिटौला निकट काँग्रेस प्रदेश – १ का सभापति उद्धव थापाले पाण्डेलाई दिएको टिकट महामन्त्री शर्माले केन्द्रबाट खोसिएको अवस्था छ । मेचीनगरको उपप्रमुख सत्ता गठबन्धन दलबाट माओवादी केन्द्रको भागमा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप