मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसका असन्तुष्ट साहले दिए जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवारी

सोमबार, १२ वैशाख २०७९, १४ : ११
सोमबार, १२ वैशाख २०७९

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट असन्तुष्ट रहेका मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्  । यस्तै असहाय संरक्षण मञ्चका अध्यक्ष वैद्यनाथले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोज साहले काँग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको भागबण्डामा जनकपुरधामको प्रमुख जसपालाई  परेपछि उनले काँग्रेस जनकपुरधामका नगरसभापतिबाट राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । मनोजका प्रस्तावक नन्दलाल साह र समर्थक रामप्रसाद पजियार रहेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप