आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

साउथका यी टपटेन अभिनेत्री, लिन्छन् करोडौं पारिश्रमिक

सोमबार, १२ वैशाख २०७९, १४ : १०
सोमबार, १२ वैशाख २०७९

साउथ (दक्षिण भारतीय) फिल्मका दर्शक विश्वमा बढ्दो छ । हिन्दी फिल्मका फ्यान समेत साउथका एक्सन र कथामा मोहित हुन थालेका छन् । पछिल्लो समय रिलिज भएका साउथ फिल्म बाहुबली, पुष्पा लगायतले हिन्दी बक्स अफिसमा रेकर्ड तोडेर कमाई गर्न सफल हुनुको कारण पनि त्यहि हो । साउथ फिल्मका अभिनेता महँगा थिए नै, अहिले अभिनेत्रीहरूको समेत उपस्थिति पनि दमदार हुन थालेको छ । त्यसैले उनीहरु पनि महँगो पारिश्रमिक लिन थालेका छन् । धेरै पारिश्रमिक लिने साथमा १० अभिनेत्री । जसको चर्चा यहाँ गर्न खोजिएको छ ।
सामन्था रुथ प्रभु :
साउथको सबैभन्दा बढी पारिश्रमिक लिने लिष्टको पहिलो नम्बरमा नाम अभिनेत्री सामन्था रुथ प्रभुको आउँछ ।  पुष्पाको आइटम गीतका लागि उनले ६ करोड (भारु) लिएकी थिइन् । यो आइटमको चर्चापछि उनले पारिश्रमिक बढाएकी छन् । उनी अहिले एक फिल्मका लागि ३ देखि ८ करोड (भारु) पारिश्रमिक लिन्छिन् ।
नयनतारा :
तमिल, तेलुगू र मलयालम फिल्ममा देखिँदै आएकी अभिनेत्री नयनतारा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीको सुचिमा दोस्रो नम्बरमा पर्छिन् । बाहिर आएको समाचारका अनुसार उनी एक फिल्मका लागि ५ देखि ७ करोड (भारु)सम्म दिने गर्दछिन् ।
अनुष्का शेट्टी :
एसएस राजामौली निर्देशित बाहुबली फेम अभिनेत्री अनुष्का शेट्टी पनि धेरै रकम लिने मध्येकी एक हुन् । उनी एक फिल्मका लागि करिव ६ करोड पारिश्रमिक लिने गर्छिन् ।

पूजा हेगडे :
‘राधे श्याम’ फिल्मकी अभिनेत्री पूजा हेगडे पनि साउथका टप ५ अभिनेत्री भित्र पर्छिन् । उनी एक फिल्मका लागि २.५ देखि ७ करोड (भारु) सम्म लिन्छिन् ।
रश्मिका मन्दाना : 
फिल्म पुष्पाकी अभिनेत्री रश्मिका मन्दाना एक फिल्मका लागि २ देखि २.५ करोड( भारु)सम्म फिस लिने गर्छिन् ।
तापसी पन्नु : 
तेलुगू फिल्मबाट आफ्नो फिल्मी करियर सुरु गरेकी अभिनेत्री तापसी पन्न पनि साउथ हिट अभिनेत्री मध्येकी एक हुन् । उनी एक फिल्मका लागि ३ देखि ५ करोड (भारु)सम्म फिस लिने गर्छिन् ।
काजल अग्रवाल :
साउथदेखि बलिउड फिल्मसम्म छाउन सफल काजल अग्रवाल एक फिल्मका लागि १.५ देखि ४ करोड भारुसम्म लिने गर्छिन् । 
तमन्ना भाटिया :
बाहुबलीमा समेत देखिएकी अभिनेत्री तमन्ना भाटिया एक फिल्मका लागि ४ देखि ५ करोड (भारु)सम्म फिस लिन्छन् । उनी एक आइटमका लागि ५० लाख लिने गर्दछिन् ।
रकुल प्रीत सिंह :
रकुल प्रीत सिंह साउथको अलवा बलिउड फिल्ममा पनि छाएकी छन् । उनी एक फिल्मका लागि १.५ देखि ३ करोड (भारु)सम्म फिस चार्ज गर्छिन् ।

साई पल्लवी :
साउथकी टाप टेन अभिनेत्रीको सुचिमा साई पल्लवी पनि पर्छिन् । उनी एक फिल्मका लागि १ देखि २ करोड (भारु)सम्म पारिश्रमिक लिने गर्छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप