पन्जाबका मुख्यमन्त्रीलाई प्रश्न - तपाईले कति किसानलाई भेट्नु भयो ?

भारतका विपक्षीले पञ्जाबका मुख्यमन्त्रीको चर्को आलोचना गरेका छन् । मुख्यमन्त्री भगवन्त मानको दिल्ली भ्रमणको विपक्षीले आलोचना गरेका हुन् ।
राजधानीका विद्यालय र अस्पतालको अध्ययन गर्न भन्दै उनले दिल्लीको भ्रमण गर्दैछन् । कंग्रेस र अकाली दलले भ्रमणलाई राजनीतिक नाटक र प्रचारबाजी भनेका छन् । कंग्रेस नेताहरू नभजोत सिंह सिन्धु, अमारिन्दर सिंह राजा र अकाली दलका दलजित सिंह चिमाले मुख्यमन्त्रीको भ्रमणको चर्को आलोचना गरेका छन् ।
‘पछिल्लो एक महिनामा आम आद्मी पार्टी नेतृत्वको सरकार रहेको पञ्जाबका १४ किसानहरूले आत्महत्या गरेका छन् । १४ जना किसानहरूमध्ये तपाईले कतिजनालाई भेट गर्नु भयो ? तपाई बारम्बार दिल्ली जानुहुन्छ ’, अमारिन्दर सिंह राजाले लेखेका छन्, ‘आशा गरौँ तपाइँले दिल्लीको असफल कोभिड फाइटिङ मोडल यहाँ ल्याउनु हुन्न ? के सरकार दिल्लीबाट पाँच वर्ष चल्छ ?’
आफ्ना वरिष्ठ अधिकारीहरूसँगै मुख्यमन्त्री मान ‘दिल्ली मोडेल’ सिक्न र पञ्जाबमा यसलाई दोहो¥याउन सोमबार राष्ट्रिय राजधानीमा स्वास्थ्य संस्थान र विद्यालयहरूको भ्रमण गर्ने बताइएको छ । आम आदमीले पञ्जाबको सत्तामा आउनुअघि राज्यका स्कूल र अस्पतालहरूको अवस्था सुधार गर्ने वाचा गरेको थियो । दिल्ली सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुख्यमन्त्री अरविन्द केजरीवाल र मानले पञ्जाबमा ‘दिल्ली मोडेल’ लाई कसरी अनुकूलन गर्न सकिन्छ भनेर बुझ्न उनीहरूको टोलीसहित सरकारी विद्यालय, अस्पताल र क्लिनिकहरूको भ्रमण गर्नेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठग्ने ६ जना पक्राउ
-
राजावादीलाई प्रचण्डको चेतावनी : लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, नभए क्रान्ति हुन्छ
-
ओलम्पिक कमिटीको पदाधिकारीको हैसियतमा विदेश भ्रमण गर्नबाट रोक्न गृह र परराष्ट्रमा पत्राचार
-
यो ट्रायलमात्र हो, नेताहरू लुक्ने ठाउँ खोज्नुहोला : सांसद कार्की
-
आईफामा लापता लेडिजको वचर्श्व, उत्कृष्ट फिल्म सहित १० अवार्ड
-
नेपालमा लोडसेडिङको हट्नुमा कसको कति योगदान ?