आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विश्वभरी सबैभन्दा धेरै सैन्य खर्च गर्ने पाँच देश

सोमबार, १२ वैशाख २०७९, १३ : ५५
सोमबार, १२ वैशाख २०७९

संसारभरी सैन्य खर्च पहिलो पटक दुई ट्रिलियन डलरभन्दा बढी पुगेको छ । यो जानकारी सिपरी अर्थात् स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटले आफ्नो रिपोर्टमा दिएको छ । सन् २०२१ मा जुन पाँच देशले सैन्य क्षेत्रमा सबैभन्दा बढी खर्च गरेका छन्, ती हुन् अमेरिका, चीन, भारत, बेलायत र रुस । सिपरीका अनुसार यी पाँच देशको सैन्य क्षेत्रमा खर्च पूरा विश्वको खर्चको ६२ प्रतिशत थियो ।

सिपरीको रिपोर्ट अनुसार सन् २०२१ मा भारतको सैन्य खर्च ७६.६ अर्ब डलर थियो । सन् २०२० को तुलनामा यसमा ०.९ को बढोत्तरी थियो जबकी सन् २०१२ को तुलनामा सैन्य खर्चमा ३३ प्रतिशतको वृद्धि थियो । रिपोर्टका अनुसार घरेलु हतियार उद्योगलाई बलियो बनाउनका लागि भारतको सैन्य बजेटको ६४ प्रतिशत घरेलु स्तरमा बनेको हतियार खरिद गर्नका लागि थियो ।

सिपरीका अनुसार अमेरिकाको सैन्य खर्चमा सन् २०२० को तुलनामा १.४ प्रतिशतको गिरावट आएको छ । सन् २०२१ मा अमेरिकाले आफ्नो सैन्य खर्चको २४ प्रतिशत सैनिक अनुसन्धान र विकासमा लगाइयो । चीनबारे रिपोर्टमा दिएको जानकारी अनुसार उसले सन् २०२१ मा आफ्नो सैन्य बजेटमा ४.७ प्रतिशतको बढोत्तरी गर्यो ।

सिपरीका अनुसार चीनको सैन्य खर्च २७ वर्षदेखि लगातार बढिरहेको छ । रिपोर्टका अनुसार युक्रेनसँग आफ्नो सम्भावित युद्धलाई मध्यनजर गर्दै रुसले सन् २०२१ मा पनि आफ्नो सैन्य खर्च बढायो । सन् २०२० को तुलनामा रुसले आफ्नो सैन्य खर्च २.९ प्रतिशत बढायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप