अमेरिकामा ‘हल्कारा’लाई दुई अवार्ड
अमेरिकाको टेक्सासमा आयोजित ‘ह्युस्टन फिल्म फेस्टिभल’मा नेपाली फिल्म ‘हल्कारा’ ले दुई अवार्ड जितेको छ । विक्रम सापकोटाको निर्देशन रहेको फिल्मले ‘प्लाटिनम रेमी अवार्ड’ र यसका छायांँकार चिन्तनराज भण्डारीले ‘गोल्ड रेमी अवार्ड’ हात पारेको हो ।
गत २० देखि २४ तारिखसम्म आयोजित फेस्टिभलमा यसै फिल्मबाट अभिनेता महेश त्रिपाठी पनि मनोनयनमा थिए । फिल्मले वनमा अकस्मात आइपर्ने घटना र मानिसको संघर्ष कथाको रुपमा प्रस्तुत गरेको छ । फिल्ममा महेशको अलवा बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व। दीपक क्षेत्री, विद्या कार्की लगायत कलाकारको समेत अभिनय छ ।
फिल्म कालीपार स्टुडियो र आइसफल प्रडक्सनले मिलेर निर्माण गरेका हुन् । ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’ अमेरिकाको तेस्रो पुरानो फिल्म फेस्टिभल मानिन्छ । इन्डिपेन्डेन्ट फिल्मलाई प्लेटफर्म दिने उद्देश्यले आयोजित फेस्टिभलमा यो वर्ष विश्वका ३० फिचर र ६० लघु फिल्म सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना