मिटु आरोपमा केशव स्थापितले भने– विवादमा नआउने केशव स्थापित हुन्छ ?
सोमबार, १२ वैशाख २०७९, १३ : ४७

काठमाडौं महानगरपालिकामा एमालेबाट मेयर पदको उम्मेदवार रहेका केशव स्थापितले मिटु प्रकरणमा आफूलाई नाममात्रैको आरोप लगाइएको दाबी गरेका छन् । उनले केशव स्थापित विवादमा आइरहने मान्छे भएको भन्दै उनले केही ईश्यु उठ्यो भन्दैमा आफूले ध्यान नदिने बताए ।
उम्मेदवारी दर्ताका लागि दलबलसहित राष्ट्रिय सभागृह पुगेका उनले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले भने, ‘पागलहरूका लागि औषधि खान केही पैसा लाग्दैन । यसमा मेरो अरु भनाइ छैन । समयसमयमा केही इस्युहरु आउँछ । इस्यु उठेन भने केशव स्थापित हुन्छ ? विवादमा नआउने केशव स्थापित हुन्छ ? बाहिर केही इस्यु उठ्यो भने त्यसमा ध्यान दिनु हुन्न ।’
उनले आफूले मेयर पदमा काँग्रेसले भन्दा दोब्बर मत ल्याएर जित्ने दाबी पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली
-
ट्रेलरमा यस्तो देखियो हरिवंशको ‘भूठान’
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश