मेयर लड्न एसएसपीबाट राजीनामा दिएका शाहले पाएनन् टिकट
![मेयर लड्न एसएसपीबाट राजीनामा दिएका शाहले पाएनन् टिकट](https://rpcdn.ratopati.com/media/albums/Govinda_Shah_1.12_2079_QEdGYAkN23.jpg)
नेपाली काँग्रेसको तर्फबाट मेयरमा चुनाव लड्न प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) पदबाट राजीनामा दिएका गोविन्द शाहले टिकट पाएनन् । धनुषाको विदेह नगरपालिकाको मेयर पदमा चुनाव लड्न उनले एसएसपीबाट राजीनामा दिएका थिए । तर, नेपाली काँग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ‘स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराउँछु’ पूर्व एसएसपी शाहले रातोपाटीसँग भने–‘जनाधार नभएको व्यक्तिलाई टिकट दिने निर्णय भएको छ, त्यसैले मेरो जित सुनिश्चित छ ।
मेयर पदमा साहसँगै योगेन्द्र यादवको नाम सिफारिस भएको थियो । काँग्रेसले योगेन्द्र यादवलाई मेयरको टिकट दिने निर्णय गरेको छ । एसएसपी साहले दिएको राजीनामा गत फागुन १० गते स्वीकृत भएको थियो । २०४९ चैतमा इन्स्पेक्टरबाट शाह प्रहरीमा प्रवेश गरेका थिए । २९ वर्ष सेवा अवधि पुरा गरेर उनी राजनीतिको मैदानमा गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको