शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

होसियार ! यस्ता लक्षण देखिए औलो रोग हुनसक्छ

सोमबार, १२ वैशाख २०७९, १३ : २५
सोमबार, १२ वैशाख २०७९

आज विश्व औलो दिवस ।  नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपालमा गर्मी बढेसँगै औलोका बिरामी देखापर्ने गर्छन् । पछिल्लो समय औलोका बिरामी उच्च पहाडी क्षेत्रमा समेत देखिने गरेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा चार सय थरी लामखुट्टे पाइन्छ । तर, सबै लामखुट्टेले औलो रोग सार्न सक्दैनन् । यद्यपि कुन लामखुट्टेले टोक्दा औलो सर्छ भन्ने जानकारी सर्वसाधारणमा नहुने भएकाले जुन लामखुट्टे भएपनि त्यसबाट बच्न अति उपयुक्त हुन्छ । 
औलोबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु एकदमै आवश्यक छ । त्यसैले लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टे नियन्त्रण गर्न निम्न उपायहरु अपनाउन सकिन्छ ।

लामखुट्टेको टोकाइबाट जोगिने उपाय

–झुल टाँगेर सुत्ने

–घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने

–लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने

–लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख सावधानी अपनाउने

लामखुट्टे नियन्त्रण गर्ने उपाय

–घर वरिपरि कार्यालय, विद्यालयमा टायर, खुल्ला भाँडा आदिमा पानी जम्मा हुन नदिने

–पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने

–गमलाको प्लेट, फूलदानी, कलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने

सामान्य रुपमा औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट फैलिन एउटा गम्भीर प्रकारको रोग हो ।

यस्ता छन् औलोका लक्षणहरु

–१० देखि १५ दिनसम्म ज्वरो आउने

–टाउको दुख्ने

–शरीरका भित्री अङ्ग सुन्निनु

–जोर्नी दुख्ने

–शरीरमा रगतको मात्रा कम हुनु

–थकित महसुस हुने

यस्ता खालको लक्षण देखिएमा औलोको शंका गरी रगत परीक्षण गरी औलो भए नभएको पत्ता लगाउनु पर्छ । मन्त्रालयका अनुसार सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा  औलोको परीक्षण तथा उपचार निःशुल्क रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप