धनगढी उपमहानगर मेयरमा एमालेबाट चन्दले दर्ता गराए उम्मेदवारी
धनगढी उपमहानगरपालिकाको मेयरमा एमालेबाट रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् । उनले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि उनी एमालेको जिल्ला अध्यक्षमा पराजित भएका थिए । उनलाई पार्टीले उपमहानगरको मेयरमा उम्मेदवार बनाएको हो । एमालेबाट उपमहानगरको उपमेयरमा कन्दकला रानाले उम्मेदवारी दर्ता गराएकी छन् ।
उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालयमा जानुअघि उम्मेदवारसहित एमालेका कार्यकर्ताले बाजागाजासहित जुलुस निकालेका थिए । सो अवसरमा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र पूर्वमन्त्री नारदमुनि राना पनि सहभागी थिए ।
चन्दले एमाले नेता दुर्गा जोशीको प्रस्ताव र जीवनकुमार बमको समर्थनमा उम्मेदवारी दर्ता गराएका छन् भने रानाले लक्ष्मी केसीको प्रस्तावक र कोइलीदेवी चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?