शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले टुंग्यायाे तीन महानगरका उपमेयरका उम्मेदवार

सोमबार, १२ वैशाख २०७९, १३ : ०४
सोमबार, १२ वैशाख २०७९

नेपाली काँग्रेसले तीन महानरपालिका उपमेयरका उम्मेदवार टुंग्याएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काँग्रेस केन्द्रीय संसदीय समिति बैठकले टुंग्याएको हो ।

काँग्रेसले भरतपुर महानगरपालिकाको उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाएको काँग्रेसका एक पदाधिकारीले बताए । काँग्रेस नगर समितिका सभापति अधिकारीलाई उपमेयरको उम्मेदवार बनाएको छ । यस्तै पोखरा महानरपालिकाको उपमेयरमा कोपिला रानाभाटले टिकट पाएका छन् भने विरगञ्ज उपप्रमुखमा काँग्रेसले इम्तियाज आलम उपमेयरको उम्मेदवार बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप