सात करोड ठगी गर्ने जयसवाल पक्राउ
सोमबार, १२ वैशाख २०७९, १२ : ४५
![सात करोड ठगी गर्ने जयसवाल पक्राउ](https://rpcdn.ratopati.com/media/albums/arrested1_1uzGc85NiZ.jpg)
बैंकिङ कसुर तथा ठगी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने रौतहट देवाही गोनाही नगरपालिका–३ घर भएका ४३ वर्षीय मुत्यन्य जयसवाल रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
बैंकिङ कसुर तथा ठगी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१० अनामनगरबाट पक्राउ गरेको हो ।
उनले विभिन्न आठ जनालाई प्रलोभनमा पारी ७ करोड १३ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
अमेरिकी डलर एकको बिक्रीदर १४० रुपैयाँ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
रियाल मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...