बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सँगै मदिरा पिएर साथीको हत्या, ३ जना पक्राउ

सोमबार, १२ वैशाख २०७९, १२ : ३७
सोमबार, १२ वैशाख २०७९

तनहुँको शुक्लागण्डकी नगरपालिकामा युवकको हत्या भएको छ । शनिवार साँझ शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय विशाल ढुङ्गानाको हत्या भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले रातोपाटीलाई बताए ।

हत्यामा संलग्न आरोपमा तनहुँ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय विमल सुनार, सोही नगरपालिका–८ बस्ने २५ वर्षीय सुशील बिक र सोही नगरपालिका–३ बस्ने ४७ वर्षीय होम बहादुर बिक छन् ।

मृतक ढुङ्गाना र आरोपीहरू साथी हुन् । शनिबार राति सँगै मदिरा सेवन गरेपछि सामान्य विवादमा हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरूलाई जिल्ला अदालत तनहुँबाट १२ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।  विशालको शव शुक्लागण्डकी नगरपालिका–५ र ४ को सिमाना कबरस्थानस्थित पानी जमेको खोल्सामा भेटिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप