भक्तपुरमा उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै काङ्ग्रेस नेताले छाडे पार्टी
सोमबार, १२ वैशाख २०७९, १२ : २९
स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै नेपाली काङ्ग्रेसका एक नेताले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन् । काङ्ग्रेसको तर्फबाट सूर्यविनायक नगरपालिकामा मेयरको आकाङ्क्षी रहेका नारायणभक्त खायमलीले पार्टीको जिम्मेवारी त्याग गरेका हुन् ।
उनले आजै स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘राजनीतिमा देखिएको विकृति हटाउन मैले उम्मेदवारी दिएको हुँ ।’ २०४६ सालदेखि पार्टीमा सक्रिय हुँदा समेत कुनै मूल्याङ्कन नभएको खायमलीले गुनासो गरे । काङ्ग्रेसले यस नगरपालिकामा निशान ढुङ्गेललाई मेयरको उम्मेदवार बनाएको छ । खायमली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।
नारायणभक्तले आजै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या