बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

लमजुङ एमालेले आठवटै पालिकामा उम्मेदवार टुंग्यायो

सोमबार, १२ वैशाख २०७९, १२ : २७
सोमबार, १२ वैशाख २०७९

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले लमजुङले चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवार टुंग्याएको छ । 

लमजुङ एमालेले जिल्लाका आठवटै स्थानीय तहको प्रमुख र उपप्रमुख  उम्मेदवार चयन गरेको हो । सोमबार चारवटा नगरपालिका र  चारवटा  गाउँपालिकाका ७५ वटा वडा रहेको लमजुङको सदरमुकाममा रहेको बेशीसहर नगरपालिकामा हालका मेयर गुमानसिह अर्याल नै दोहोरिने भएका छन् । बेशीसहर नगरपालिकाको उपमेयरमा पद्मा गुरुङलाई  चयन गरिएको छ ।

लमजुङको राइनास नगरपालिकामा पनि हालका मेयर सिंहबहादुर थापालाई  दोहोर्‍याइएको छ । उपमेयरमा शोभा पन्थीले  टिकट पाएकी छन् । मध्यनेपाल नगरपालिकामा हालका उपप्रमुख राजकुमार श्रेष्ठलाई मेयरमा चयन गरिएको छ भने उपमेयरमा सीता गुरुङलाई चयन गरिएको छ ।

सुन्दरबजार नगरपालिकामा मेयरमा भिमबहादुर गुरुङ र उपमेयरमा भवनी केसीलाई उठाउने निर्णय गरिएको एमाले लमजुङले जनाएको छ । मर्स्याङ्दी गाउँपालिकामा हालका अध्यक्ष अर्जुन गुरुङलाई अध्यक्षमा दोहो¥याइएको छ भने उपाध्यक्षमा जुना थापालाई उम्मेदवार बनाइएको छ ।

दोर्दी गाउँपालिकाको अध्यक्षमा युवराज अधिकारी र उपाध्यक्षमा उषा गुरुङ रहेका छन् भने क्व्होलासोथार गाउँपालिका अध्यक्षमा सूर्य गुरुङ र उपाध्यक्षमा गमी गुरुङलाई चयन गरिएको छ । दुधपोखरी गाउँपालिकाको अध्यक्षमा तेजबहादुर गुरुङ र उपाध्यक्षमा कृष्णमाया गुरुङलाई चयन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप