बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मनोनयनअघि सत्यमोहनको आशीर्वाद लिन पुगे एमाले उम्मेदवार

सोमबार, १२ वैशाख २०७९, १२ : ०६
सोमबार, १२ वैशाख २०७९

नेकपा एमाले ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयर मञ्जली शाक्य (आस्था) ले शताब्दी पुरुष सत्यमोहन जोशी र वामपन्थी नेताद्वय सिद्धिलाल सिंह र स्नेहलता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद लिएका छन् । आज मनोनयन गर्ने दिन बिहान जोशीको निवासमा पुगेर आशीर्वाद लिएका हुन् । 

आशीर्वाद लिन बिहान ९ बजे सत्यमोहन जोशीको निवासमा पुगेका थिए । लगत्तै शंखमुलस्थित सिद्धिलाल सिंहको निवासमा पुगेका दुईजना त्यसपछि पाटनढोका स्थित स्नेहालता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद ग्रहण गरेका थिए । भेटपछि प्रतिक्रिया दिँदै मेयरका उम्मेदवार व्यञ्जनकार र उपमेयरका उम्मेदवार शाक्यले आशीर्वादबाट आफूहरूको विजय सुनिश्चित रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप