मनोनयनअघि सत्यमोहनको आशीर्वाद लिन पुगे एमाले उम्मेदवार
सोमबार, १२ वैशाख २०७९, १२ : ०६
नेकपा एमाले ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयर मञ्जली शाक्य (आस्था) ले शताब्दी पुरुष सत्यमोहन जोशी र वामपन्थी नेताद्वय सिद्धिलाल सिंह र स्नेहलता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद लिएका छन् । आज मनोनयन गर्ने दिन बिहान जोशीको निवासमा पुगेर आशीर्वाद लिएका हुन् ।
आशीर्वाद लिन बिहान ९ बजे सत्यमोहन जोशीको निवासमा पुगेका थिए । लगत्तै शंखमुलस्थित सिद्धिलाल सिंहको निवासमा पुगेका दुईजना त्यसपछि पाटनढोका स्थित स्नेहालता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद ग्रहण गरेका थिए । भेटपछि प्रतिक्रिया दिँदै मेयरका उम्मेदवार व्यञ्जनकार र उपमेयरका उम्मेदवार शाक्यले आशीर्वादबाट आफूहरूको विजय सुनिश्चित रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण