शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्युठानको झिमरूकमा एमाले र माओवादीबीच गठबन्धन

सोमबार, १२ वैशाख २०७९, ११ : ४६
सोमबार, १२ वैशाख २०७९

प्युठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी गठबन्धन हुने भएको छ । गाउँपालिका अध्यक्षलाई लिएर माओवादी र राष्ट्रिय जनमोर्चा सहमति नभएपछि एमाले माओवादी गठबन्धन हुन पुगेको हो ।

एमाले माओवादी गठबन्धनबाट माओवादी नेता पितबहादुर एमसी अध्यक्ष र एमालेबाट हुकुमबहादुर खड्का उपाध्यक्षमा उठ्ने भएका छन् । दुई दलबीच भएको सहमतिलाई गोप्य राखिएको छ । यस्तै जनमोर्चा र काँग्रेसबीच  तालमेल भएपछि जनमोर्चाबाट अध्यक्षमा टिकाबहादुर जिसी उपाध्यक्षमा काँग्रेसका प्रमोद पोखरेल उम्मेदवार भएका छन् । यसअघि निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा जनमोर्चाले जितेको थियो । जनमोर्चाले अध्यक्ष छोड्नै नमानेपछि माओवादी र एमालेबीच गठबन्धन हुन पुगेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप