शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेकै कार्यकर्ताले लगाए पार्टीको निर्वाचन प्रचार कार्यालयमा ताला

सोमबार, १२ वैशाख २०७९, ११ : ४१
सोमबार, १२ वैशाख २०७९

नेकपा एमालेको लालबन्दी नगर कमिटीका कार्यकर्ताहरूले पार्टीको निर्वाचन प्रचार कार्यालयमा ताला लगाएका छन् । स्थानीय तह निर्वाचनको उम्मेदवारी वितरणप्रति असन्तुष्टि जनाउँदै एमालेको एउटा पक्षले निर्वाचन प्रचार कार्यालयमा ताला लगाएको हो ।

पार्टी विभाजनका क्रममा नेतृत्वप्रति गालीगलौज गर्ने तथा सडकमा नाराबाजी गर्ने समूह नै अहिले उम्मेदवारी हासिल गर्ने लगायतका भूमिकामा अग्रणी देखिएपछि आफूहरुले तालाबन्दी गर्नुपरेको उनीहरुको भनाइ छ । टिकट वितरण प्रक्रियाको मापदण्ड के हो र स्थानीय कमिटीबाट सिफारिस भएकामध्ये टिकट नपाउनेले के कमी–कमजोरीका कारण टिकट पाउन नसकेका हुन् भन्नेबारे जानकारी माग गर्दै आफूहरुले ताला लगाएको एमालेका स्थानीय कार्यकर्ता कमल पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप