मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेका बागमती प्रदेश कमिटी सदस्यद्वारा पार्टी परित्यागको घोषणा

सोमबार, १२ वैशाख २०७९, ११ : ३७
सोमबार, १२ वैशाख २०७९

नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य ध्रुव अधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन् । नुवाकोटको सूर्यगढी नगरपालिकाको इन्चार्ज समेत रहेका उनले सोमबार एक विज्ञप्तिमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् । 
‘मलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बागमती प्रदेश कमिटी सदस्य र सूर्यगढी गाउँपालिकाको इन्चार्ज बनाइएको जानकारी छ । तर, त्यस जिम्मेवारीप्रति मेरो पूर्ण असहमति रहेकाले म आजैका मितिदेखि एमालेको संगठित सदस्यदेखि कुनै पनि जिम्मेवारीमा नरहेको जानकारी गराउँछु’, उनले विज्ञप्तिमार्फत भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप