शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिलाको कुमारीत्व परीक्षणसँग जोडिएका भ्रम, जुन शताब्दीदेखि बनिरहेछ ठूलो समस्याको कारण

सोमबार, १२ वैशाख २०७९, ११ : १७
सोमबार, १२ वैशाख २०७९

एकदिन सर्रासको मेल बक्समा एक अपरिचित युवतीको ईमेल आयो । ती अपरिचितले ‘म कुमारी छु त’ भनेर प्रश्न सोधेकी थिइन् । सर्रासले यस्तो तस्बिर पहिलोपटक देखेकी थिइन् जसलाई उनले ‘भजाइना सेल्फी’ नाम दिइन् । त्यतिबेला उनलाई कसरी जवाफ दिने भनेर थाहा भएन ।

त्यतिबेला सर्रास अरबी भाषाको ‘लभ म्याटर्स’ नामको फेसबुक पेजकी एडमिन थिइन् । यसै फेसबुक पेजमार्फत् सोसल मिडियामा सम्बन्ध र सेक्स सम्बन्धि तालिम अरबी भाषामा दिइन्छ ।

सर्रासले भनिन्, ‘ती अपरिचित युवतीले हालसम्म आफू एउटा सम्बन्धमा रहेको र अब उनको इन्गेजमेन्ट हुन लागेको बताइन् । इन्गेजमेन्ट गर्नुअघि आफ्नो कुमारित्व भंग त भएको छैन भनेर सुनिश्चित गर्न चाहन्थिन् ।’

यति भनिसकेपछि सर्रास केही बेर रोकिँदै भन्छिन्, ‘म ‘मफ्तुहा’ नामको यो शब्दसँग असाध्यै घृणा गर्छु । ती अपरिचित युवतीले आफ्नो योनीको तस्बिर पठाएर ‘म मुफ्तुहा छु’ भनेर सोधेकी थिइन् । उनले ‘मेरो हाइमेन (कन्या जाली) खुलेको छ ’ भनेर प्रश्न गरेकी थिइन् ।’

वास्तवमा ती अपरिचित युवतीले सर्रासलाई उनको हाइमेन देखिएको छ भनेर सोधिरहेकी थिइन् । साथै, उनले विवाह गर्दा कुमारी हुनुपर्ने दबाब आफ्नो समाजमा अत्यधिक हुने भएकोले के ती सही छन् भनेर ती युवतीले सर्रासलाई सोधेकी थिइन् । उनले विवाहपछि उनका श्रीमान्ले उनी कुमारी भएको प्रमाण हाइमेन च्यातिएर निस्कने रगतको रुपमा देख्न चाहने पनि बताइन् ।

स्मरण रहोस्, कुनै युवतीको हाइमेन ठिक छ भन्नुको अर्थ उनले अहिलेसम्म यौन सम्बन्ध स्थापित गरेकी छैनन् वा उनको कुमारित्व सुरक्षित छ भनेर हाइमेन । यद्यपि, विश्व स्वास्थ्य संगठन अर्थात् डब्ल्यूएचओले सन् २०१८ मा कुमारित्व परीक्षणको यो तरिकालाई मानवाधिकारको उल्लंघन बताएको थियो ।

महिलाको यस्तो परीक्षण विभिन्न तरिकाले गर्न सकिन्छ । उदाहरणका लागि योनी छोएर हाइमेन परीक्षण गर्नु वा योनीको लचिलोपन हेर्नु वा विवाहको रात यौनसम्बन्ध स्थापित भएपछि बेडसिटमा लाग्ने रगतको टाटो हेर्नु वा त्यो आफन्तलाई देखाउनु ।

भलै यसको कुनै वैज्ञानिक आधार हुँदैन । कुनै वैज्ञानिक तर्क बिनाको कुमारित्व एउटा सामाजिक भ्रम हो । तरपनि संसारभरीका करोडौँ मानिसले यो मान्यता राख्छन् कि महिलाको यौन सम्बन्धका इतिहास उनको हाइमेनमार्फत् थाहा हुन्छ ।

करोडौं मानिसलाई लाग्छ कि कुनै पुरुषसँग पहिलोपटक यौनसम्बन्ध स्थापित गर्दा महिलाको योनीबाट रगत निस्कन्छ नै । तर यसमा कुनै वास्तविकता छैन । तरपनि यस्ता अन्धविश्वास हामीले थुप्रै समाज र धर्ममा पाउँछौँ ।

म आफ्नो किताब ‘लुजिङ इट : सेक्स एजुकेशन फर २१ सेन्चुरी’ मा हाइमेनको यो भ्रमलाई बिस्तारमा बताउने कोसिस गरिएको छ । यसमा यी प्रश्नको जवाफ खोज्ने कोसिस गरिएको छ जसलाई सर्रासजस्ता मानिसले सोध्ने गर्छन् ।

यस्तो मिथक कहिले, कहाँ र कसले पैदा गर्यो र यसको प्रवद्र्धन कसरी हुन दिइयो भनेर यसमा बताइएको छ । शताब्दीयौंदेखि चलिआएको यो मान्यताको पछाडि वैज्ञानिक अनुसन्धानको कमी छ कि छैन भन्ने पनि बताइएको छ ।

यद्यपि, मैले फेला पारेँ कि हाइमेनसँग सम्बन्धित मिथकहरु तोड्न धेरै वैज्ञानिक अनुसन्धान गरिएको छ । तर मैले धेरै डाक्टरहरुले पहिलोपटक यौन सम्बन्ध गर्दा हाइमेन फुट्ने र रगत निस्कने विचारलाई बढावा दिन्छन् भन्ने पनि थाहा पाएँ ।

जनताद्वारा छानिएका थुप्रै सदन पनि यस्ता कुरामा आफ्नो मुहर लगाउँछन् । संसारका यस्ता थुप्रै इलाकामा यौन शिक्षामा हाइमेनबारे सटिक जानकारीलाई पूर्ण रुपमा नजरअन्दाज गरिन्छ ।

हाइमेन आखिर के हो ?

हाइमेन अर्थात् कन्या जाली वा भजाइनल कोरोना, टिस्यू वा तन्तुको एउटा सानो हिस्सा हो, जुन योनीमार्ग नजिकै पाइन्छ ।

बिना उद्देश्यको देखिने एउटा सानो तन्तुबारे यति धेरै अनावश्यक र गलत कुराहरु गरिन्छ भनेर पत्याउनै मुश्किल छ ।

 वैज्ञानिक समाजमा हाइमेन हुनु र यसको उपयोगिताबारे निकै मतभेद छ ।

के यसलाई हामीले आफ्ना स्तनधारी पूर्खाबाट विरासतमा हौँ जसले पानीबाट घिस्रँदै जमिनमा आएका थिए ? के नवजात बच्चाको दिसामा पाइने ब्याक्टेरियालाई योनीमा प्रवेश गर्न रोक्नका लागि यो विकसित भएको हो ? आखिर यसलाई प्रकृतिले किन बनायो, यसको उत्तर कसैलाई थाहा छैन ।

केही अन्य जीवमा पोथीमा मांसपेशीको यो सानो टुक्राको उपयोग पाइएको छ । उदाहरणका लागि ‘गिनी पिग’ को हाइम उसको प्रजननका बेला पग्लने गर्छ । त्यो समय समाप्त भएपछि हाइमेन पुनः बढ्ने गर्छ । यद्यपि, मानिसमा हाइमेनको यस्तो चमत्कार देख्न भने पाइँदैन ।

महिलाको हाइमेन विभिन्न प्रकारको हुनसक्छ । माथि बनाइएका जुन चित्र छन्, थुप्रै महिलाले त्यसलाई सायदै देखेका छन् । यी तस्बिरले हाइमेन कस्तो देखिन्छ भनेर देखाउँछ ।

धेरै मानिसले हाइमेनले योनीको मुख बन्द राख्छ भन्ने सोच्छन्, यो धारणा गलत हो । उनीहरुलाई थाहा नै छैन कि यदि यस्तो हुँदो हो त महिला महिनावारी नै हुने थिएनन् ।

यद्यपि, केही महिलाको हाइमेनले उनीहरुको योनीको मुख बन्द गरिदिन्छन् र यस्ता महिलाले शल्यक्रियामार्फत् योनीको मुख खुलाउन सक्छन् ।

धेरैजसो महिलाको हाइमेनको आकार अर्धचन्द्र वा अर्ध गोलाकार हुन्छ । यसको मोटाइ पनि भिन्न भिन्न हुनसक्छ । उमेरसँगै यो हाइमेन पनि फेरिन सक्छ ।

केही महिलाको योनीमा यो हुँदै हुँदैन वा केही महिला, यौनसम्बन्ध स्थापित गर्ने उमेर आइपुग्दासम्म यो पूर्ण रुपमा गायब भइसकेको पनि हुनसक्छ ।

यस्तै, विभिन्न प्रकारको गतिविधिले यो जाली फुट्न पनि सक्छ । थुप्रै पटक काम गर्दा वा महिनावारीका बेला पनि यस्तो हुनसक्छ । यौनसम्बन्ध स्थापित गर्ने बेला पनि हाइमेन फाट्न सक्छ ।

तर यसको अर्थ यो होइन कि तपाईं कुनै महिलाको हाइमेन देखेर उनको यौन सम्बन्धको इतिहास बताउन सक्नुहुन्छ ।

उदाहरणको रुपमा सन् २००४ मा ३६ गर्भवती किशोरीहरुमाथि गरिएको एक अध्ययनमा पत्ता लागे अनुसार दुई किशोरीमा मात्रै यौन सम्बन्ध बनाएको पक्का प्रमाण पाइएको थियो ।

सन् २००४ कै अर्को एउटा अध्ययनमा पाइए अनुसार यौनसम्बन्ध स्थापित गर्ने ५२ प्रतिशत किशोरीले यौन सम्बन्ध स्थापित गरेपछि पनि उनीहरुले आफ्नो हाइमेनमा कुनै फरक महसुस नगरेको बताए ।

निस्सन्देह, हामीले सेक्स नगरेको प्रमाणको रुपमा हाइमेनको उपस्थिति र यौन सम्पर्कको प्रमाणको रुपमा यसको अनुपस्थिति देख्न सक्दैनौँ ।

बेडसिटमा रगत देखिनुलाई संसारभरी कौमार्य परीक्षणको एउटा तरिका मानिन्छ । यो कुरा पनि झुटमा आधारित छ । थुप्रै युवतीको हाइमेनमा पहिलो पटक तन्किँदा रगत निस्कन्छ । जब महिला आरामसँग नबसी र कुनै झट्का लागेको खण्डमा यस्तो पनि हुनेगर्छ ।

तर जबरजस्ती यौनसम्पर्क गरेमा वा यौनसम्पर्क गर्दा सुख्खा भएमा मात्र योनीबाट रगत निस्कन्छ ।

पहिलोपटक यौनसम्बन्ध स्थापित गर्दा रगत निस्कन्छ पनि र निस्कँदैन पनि । यौन सम्बन्धका बेला योनीबाट रगत निस्कनुका पनि थुप्रै कारण हुनसक्छन् । उदाहरणका लागि तनाव हुनु, यौन सम्बन्धका लागि पूर्ण रुपमा तयार नहुनु वा संक्रमण जस्तो स्थितिका कारण पनि योनीबाट रगत बग्न सक्छ ।

एक डाक्टरले आफ्ना ४१ सहकर्मीसँग पहिलो पटक यौन सम्बन्ध स्थापित गर्दा रगत निस्किएको थियो भनेर सोधे । तीमध्ये ६३ प्रतिशतले यसको जवाफ ‘थिएन’ भनेर दिए ।

तर अझै पनि केटीहरुको कुमारीत्वलाई ठूलो महत्व दिइन् र उनीहरुको यौनसम्पर्कमाथि निगरानी राख्ने देशहरुमा यस्ता वैज्ञानिक तर्क दिने ठाउँ नै पाइँदैन ।

सन् २०११ मा टर्कीको डिच्ले युनिभर्सिटीमा गरिएको एक अध्ययनमा पाइए अनुसार ७२ प्रतिशत छात्रा र ७४ प्रतिशत छात्र हाइमेन कुमारी हुनुको प्रतिक भएको मान्थे । उक्त शोधमा समावेश ३० प्रतिशत पुरुषले विवाहको दिन परिवारलाई रगत लत्पत्तिएको तन्ना देखाउनु पर्ने बताएका थिए ।

यस्ता मिथकले महिलालाई राम्रो यौन स्वास्थ्यबाट वञ्चित गर्छ । उनीहरुको आफ्नो यौनिक पहिचानको खोजी गर्नमा यी मिथक बाधा बन्ने गर्छन् र यौन सम्बन्धलाई लिएर तनावको कारण पनि बन्छन् ।

इजिप्टको गिजामा भएको एक सामाजिक अध्ययनमा समावेश धेरैजसो महिलाले विवाहको दिन यौन सम्बन्ध स्थापित गर्दा उनीहरु धेरै तनावमा भएको बताए । यौन सम्बन्ध स्थापित गर्दा उनीहरुलाई असाध्यै पीडा र त्रास भयो । त्यसपछि आफूहरु सामान्य हुन नसकेको पनि उनीहरुले बताए । यसको मुख्य कारण हाइमेन र कुमारीत्वको विषयमा फैलिएको मिथक थियो ।

सन् २०१३ मा युनिभर्सिटीका विद्यार्थीबीच गरिएको एक अध्ययनमा समावेश लगभग ४३ प्रतिशत महिलाले विवाहको दिन यौन सम्बन्ध स्थापित गर्दा रगत नबग्ने डरले उनीहरु विवाह अघि यौन सम्बन्ध स्थापित गर्न अनिच्छुक भएको बताए ।

सन् २०१७ मा लेबनानमा भएको अर्को एउटा अध्ययनमा समावेश ४१६ जना महिलामध्ये लगभग ४० प्रतिशतले आफ्नो हाइमेनलाई विवाहको दिनासम्म जोगाइराख्नका लागि उनीहरुले विवाह अघि एनल वा ओरल सेक्स मात्रै गरे ।

 


मैले आफ्नो अनुसन्धानमा यस्ता अनगिन्ति अनलाइन पोस्ट पाएँ जसमा महिला हस्तमैथुनका लागि पनि त्रसित थिए । ती महिलालाई डर थियो कि यदि उनीहरुले हस्तमैथुन गरिहाले पनि उनीहरुको कन्याजाली च्यातिनेछ । यहाँसम्म कि उनीहरु हाइमेनको विषयमा यति धेरै डराएका थिए कि उनीहरुले कहिल्यै पनि यसलाई छोएर हेर्न हिम्मतसमेत गरेनन् ।

हाइमेनको विषयमा यो मिथकले महिलाहरुको यौन स्वास्थ्य र उनीहरुको समानताको अधिकारलाई मात्र असर गर्दैन, यसले तिनीहरुको न्याय प्राप्त गर्ने बाटोमा अवरोध पनि निम्त्याउन सक्छ ।

पाकिस्तानले त हालै बलात्कारको मामिलामा कुमारित्व परीक्षणमाथि प्रतिबन्ध लगाइदिएको छ । थुप्रै देश, विशेषगरी एशिया, मध्यपूर्व र उत्तरी र दक्षिणी अफ्रिकामा आज पनि महिलाको कुमारीत्वको परीक्षण गरिन्छ ।

यतिमात्रै होइन, विश्वभरी यस्ता धेरै डाक्टरहरुले ती महिलाको हाइमेनलाई शल्यक्रिया गरेर जोड्ने निकै नाफामुखप् व्यवसाय पनि गरिरहेका छन् । हाइमेन रिपेयर गर्नेहरु अधिकांश महिलाहरु हुन् जसले विवाहअघि यौनसम्पर्क स्थापित गरेका छन् र यसबारे थाहा पाउने हुन् कि भनेर डराउँछन् ।

मैले यो किताब लेखेको र सन् २०२२ मा बेलायतका नेताले कुमारीत्व परीक्षणलाई गैर कानुनी बताएको एक वर्षअघि मैले लण्डनका एक सर्जनलाई भर्जिनिटी टेस्ट बारे ईमेल पठाएको थिएँ ।

उनका सहयोगले मलाई ‘यदि तपाईंको हाइमेन दुरुस्त छ भने ३०० पाउन्ड (४५ हजार रुपैयाँ बढी) दिएर आफ्नो हाइमेन ठिक छ भनेर मेडिकल रिपोर्ट हासिल गर्न सक्ने’ जानकारी दिए ।

यदि हाइमेन च्यात्तिएको छ भने हाइमेन रिपेयर सर्जरीका लागि मैले ५,४०० पाउन्ड (८ लाख ४५ हजार रुपैयाँ) खर्च गर्नुपर्नेछ । त्यसपछि मात्र मैले यस्तो रिपोर्ट पाउनेछु ।

बेलायतका आजकाल हाइमेनको शल्यक्रिया गरेर त्यसलाई दुरुस्त गर्नेमाथि प्रतिबन्ध लगाउने कानुनमाथि संसदमा बहस चलिरहेको छ, तर यो स्पष्ट छ कि केही सर्जन अन्तिम समयसम्म बेलायतको जमिनमा यो सेवा दिएर नाफा कमाउन जुट्नेछन् ।

लण्डनका एकजना सर्जनले हाइमेनको मर्मत ती महिलाका लागि फाइदाजनक हुनसक्ने बताएका छन् जसको योनीमा सेक्स वा कुनै अन्य गतिविधिका कारण नोक्सानी पुगेको छ ।

तर यहाँ प्रश्न के उठ्छ भने जब हाइमेनको कुनै प्रयोग नै छैन भने यसलाई शल्यक्रिया गरेर दुरुस्त पार्नुको फाइदा के होला ?

यस्ता झुटलाई विश्वका विभिन्न इलाकाका डाक्टरले प्रोत्साहित गरिरहेका छन् । लेबनानका एक सर्जनले दाबी गर्दै भन्छन्, ‘हाइमोप्लास्टी गरेर कुनै महिलालाई उनको कुमारीत्व फिर्ता दिन सकिन्छ ।’

न्युयोर्कमा बसेका अर्का सर्जनले ‘हाइमोप्लास्टीको अर्थ हाइमेनलाई पुनः त्यहि कुमारीत्वको स्थितिमा पुर्याउनु हो’ भनेर दाबी गरेका छन् ।

त्यसो भए तपाईंले कसरी हाइमेन वा योनीको झिल्लीको यो मिथकलाई समाप्त गर्नुहुन्छ त ? यसका लागि केही अनुसन्धानलाई हेरेर यसको सुरुवात गर्न सकिन्छ ।

यसका लागि कुमारीत्वको परीक्षण गर्ने र डाक्टरद्वारा मानिसलाई भ्रममा पार्ने काम बन्द गरेर यसविरुद्धको अभियान सुरु गर्न सकिन्छ ।

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप