बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

काँग्रेसले टुङ्ग्यायो हेटौंडा, धुलिखेल र थाहाका उपमेयरका उम्मेदवार

सोमबार, १२ वैशाख २०७९, ११ : ११
सोमबार, १२ वैशाख २०७९

नेपाली काँग्रेसले हेटौडा उपमहानगरपालिका उपप्रमुखमा राजेश बानियाँलाई उम्मेदवार बनाएको छ । काँग्रेस बागमती प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले बानियाँलाई उपप्रमुखको उम्मेदवार बनाएको जानकारी दिए । नेपालका अनुसार धुलीखेल नगरपालिकाको उपमेयरमा काँग्रेसले निराजन जंगमलाई उम्मेदवार बनाएको छ । 

यस्तै थाहा नगरपालिका उपप्रमुखमा भरत गोपालीलाई उम्मेदवार बनाइएको नेपालले बताए । हेटौडामा गठबन्धनबाट एकीकृत समाजवादीले मेयरमा उम्मेदवारी दिँदै छ भने थापा र धुलिखेलमा माओवादी केन्द्रको भागमा प्रमुख परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप