बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

हिमाल सफा गर्न सेनाको टोली आधार शिविरमा

सोमबार, १२ वैशाख २०७९, १० : ४१
सोमबार, १२ वैशाख २०७९

नेपाली सेनाले नेतृत्व गरेको ‘सफा हिमाल अभियान– २०२२’ को टोलीहरू चारवटा हिमालका आधार शिविरमा पुगेका छन् । यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालको सफाइ गर्ने तयारी छ ।  सगरमाथा र ल्होत्सेमा खटिएको टोली १ वैशाख, कञ्चनजङ्घामा खटिएको टोली ८ वैशाख र मनास्लुमा खटिएको टोली ९ वैशाखमा आधार शिविर पुगेका नेपाली सेनाले जनाएको छ ।

‘बेस क्याम्प पुगे पश्चात उक्त टोलीले फोहोर संकलन गर्ने कार्य सुरु गरेका छन्’ जंगीअड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोटमा भनेको छ ।

हिमाल सफाइ अभियान २२ गतेसम्म संचालन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप