बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ठगी मुद्दाका फरार आरोपी पक्राउ

सोमबार, १२ वैशाख २०७९, १० : ३५
सोमबार, १२ वैशाख २०७९

ठगी गरेको मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका–३ घर भएका मृत्युन्जय जयसवाल छन् । ४३ वर्षीय जयसवाललाई पक्राउ गरेर थप अनुसन्धान र कानुनी कारवाहीका लागी प्रहरी वृत बानेश्वरमा पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

जयसवाललाई पक्राउ गर्न उच्च अदालत पाटनले अनुमती दिएको छ । सुरज निरौलासहित ८ जनालाई ठगी गरेको बारेमा प्रहरी वृत्त बानेश्वरमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप