बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपा समाजवादीले तालमेल नभएका सबै स्थानमा उम्मेदवार उठाउने

सोमबार, १२ वैशाख २०७९, १० : ३४
सोमबार, १२ वैशाख २०७९

काठमाडौं । सत्ता गठबन्धनमा रहेको तेस्रो ठुलो दल नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धनमा तालमेल नभएका सवै स्थानमा आफ्ना उम्मेदवार उठाउने भएको छ । सो पार्टीको सोमबार बसेको सचिवालय बैठकले गठबन्धनमा तालमेल भएका स्थानमा गठबन्धनका उम्मेदवारलाई नै जिताउने र नभएका सवै स्थानमा आफ्नो पार्टीका एकल उम्मेदवार उठाउने निर्णय भएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए । 

बैठकले पोखराको मेयरमा धनराज आचार्य, काठमाडौको उपमेयरमा रामेश्वर श्रेष्ठ,हेटौडाको मेयरमा मीना लामा तथा इटहरी, बुटवल र तुलसीपुरको उपमेयरमा क्रमश केशव विष्ट, चिनबहादुर गुरुङ र जोगबहादुर राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

गठबन्धनको सहमति अनुसार ६ महानगर र ११ उपमहानगरका २४ पदमध्ये ६ वटा पदमा समाजवादीका तर्फबाट साझा उम्मेदवार बन्नेछन् । पाँच दलबीच महानगर उपमहानगरमा भएको भागबण्डामा समाजवादीले पोखरा महानगरको मेयर, हेटौडा उपमहानगरको मेयर तथा काठमाडौ महानगरको उपमेयरको उम्मेदवार पाएको छ । त्यस्तै इटहरी, बुटवल र तुलसीपुर उपमहानगरको उपमेयर पनि समाजवादीको भागमा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप