सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरमा एमाले–राप्रपाबीच तालमेल, राप्रपालाई उपमेयर

सोमबार, १२ वैशाख २०७९, १० : ११
सोमबार, १२ वैशाख २०७९

चितवनको भरतपुर महानगरमा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गर्ने भएको छ । त्यसका लागि एमालेले महानगरको उपमेयरसहित २ वडाअध्यक्ष र केही सदस्य राप्रपालाई छोड्नेगरी सहमति भएको बुझिएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँग चुनावी तालमेल गर्न आइतबार राति निर्देशन दिएको चितवन एमालेका नेताहरुले बताएका छन् । राप्रपाका नेता विक्रम पाण्डेले महानगरमा एमालेसँग तालमेल भएको पुष्टि गरे । 

‘तालमेल हुने पक्का भयो, उपमेयरसहित केही वडाअध्यक्ष राप्रपाका हुनेछन्’, पाण्डेले रातोपाटीसँग भने । एमालेले तालमेलका लागि हात अघि बढाएपछि राप्रपा उपमेयरसहित वडाअध्यक्षका उम्मेदवार तय गर्न छलफलमा जुटेको छ । नेता पाण्डेले अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालबीच छलफल भइरहेको उनले बताए । 

एमालेले भरतपुरको महानगरमा यसअघि नै प्रदेश सांसद समेत रहेका विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यसअघि माओवादी केन्द्रकी नेतृ रेनु दाहाल निर्वाचित भएको भरतपुरमा गठबन्धनका तर्फबाट पुन दाहालले नै टिकट पाएकी छन् । गठबन्धनमा काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनमोर्चा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप