बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा माओवादी र समाजवादीबीच मात्रै चुनावी तालमेल

सोमबार, १२ वैशाख २०७९, ०८ : १७
सोमबार, १२ वैशाख २०७९

कञ्चनपुरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मात्रै चुनावी तालमेल गर्ने सहमति भएको छ। कञ्चनपुरका ९ स्थानीय तहमध्ये माओवादीले पाँच स्थानीय तह प्रमुख लिने र एकीकृत समाजवादीले चार स्थानीय तह प्रमुख लिने सहमति भएको हो ।

जिल्लाका ९२ वडामै दुई पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। पालिका प्रमुख तथा उपप्रमुखहरू आ(आफ्नो चुनाव चिन्हबाट चुनाव लड्ने सहमति छ भने वडाका हकमा भने जसले वडाध्यक्ष पाएको छ सोही पार्टीको चिन्हअनुसार सदस्यहरूले पनि चुनाव लड्ने उनीहरूबीच सहमति भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप