आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

लाजियोलाई हराउँदै मिलान शीर्ष स्थानमा

सोमबार, १२ वैशाख २०७९, ०८ : ०९
सोमबार, १२ वैशाख २०७९

एसी मिलान इटालियन सिरी ए फुटबलमा लाजियोलाई २–१ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति लाजियोको मैदानमा पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लेको हो । खेलको चौंथो मिनेटमा सिरो इम्मोबाइलले गोल गर्दै लाजियोलाई सुरुआती अग्रता दिलाएका थिए ।

५० औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई १–१ गोलको बराबरीमा फर्काए । खेलको इन्ज्यूरी समयमा सान्ड्रो टोनालीले गोल गर्दै मिलानलाई २–१ को जित दिलाए । जितसँगै मिलनले ३४ खेलमा ७४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । पराजित लाजियो ५६ अंक जोडेर सातौं स्थानमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप