बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

पोखराका ११ वडामा मात्रै काँग्रेसले उम्मेदवार टुंग्यायो, २२ वडामा अझै अन्योल

सोमबार, १२ वैशाख २०७९, ०७ : ५२
सोमबार, १२ वैशाख २०७९

नेपाली काँग्रसले पोखरा महानगरपालिकाका ११ वटा वडामा मात्र उम्मेदवार टुंग्याएको छ । पोखरामा कुल ३३ वटा वडा रहेकामा २२ वटा वडामा उम्मेदवार टुंग्याउन बाँकी छ । 

तर, मनोनयन दर्ताको आज अन्तिम दिन हो । काँग्रेसलाई गठबन्धनका कारण उम्मेदवार टुंग्याउन सकस परेको छ ।

काँग्रेसले पोखरा १ मा सीता गुरुङ, ४ मा देवकृष्ण पराजुली, ८ मा शारदा गिरी, ९ मा दीपेन्द्र मर्सानी, १० मा राजकुमार गुरुङलाई वडाध्यक्षको टिकट दिएको छ ।

पोखरा ११ मा प्रेम कर्माचार्य, १२ मा सन्तोष बाँस्तोला, १३ मा किरण बराल, १७ मा देवराज आचार्य, १८ मा शिव तिमिल्सिना र २० मा महेन्द्र अधिकारीलाई उम्मेदवार बनाइएको छ । क्षेत्रीय समिति बैठकले उम्मेदवार टुंग्याएको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप