बार्सिलोना घरेलु मैदानमा पराजित
सोमबार, १२ वैशाख २०७९, ०७ : २३
स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा रायो भायोकानोसँग १-० अन्तरले पराजित भएको छ । भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना घरेलु मैदानमा हार बेहोर्न बाध्य भएकाे हाे ।
बार्सिलोनाको हारसँगै शीर्ष स्थानको रियल मड्रिडलाई फाइदा भएको छ । उसलाई अब एक अंक भए ३५औँ पटक स्पेनिस ला लिगाको उपाधि जित्नेछ । हारसँगै बार्सिलोना ३३ खेलबाट ६३ अंकसहित दोस्रो स्थानमा छ । समान अंकको सेभिया तेस्रो स्थानमा छ । जित निकालेको रायो भायोकानो ४० अंकसहित ११औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दर्ता हुन नआए फेसबुक र इन्स्टाग्रामलाई प्रतिबन्ध लगाउने मन्त्री गुरुङको चेतावनी
-
पूजाको शानदार अर्धशतक, नेपालद्वारा १ सय ४६ रनको लक्ष्य प्रस्तुत
-
नेपाल एयरलाइन्सको तीन दिनलाई बेङ्लोर उडान परिवर्तन
-
भारतीय नागरिकलाई भन्सार एजेन्टका रूपमा राखेका कारण बेथिति सिर्जना भयो : सांसद थापा
-
अमेरिकामा ट्रान्सजेन्डर खेलाडीले महिलाको श्रेणीमा खेल्न नपाउने
-
मिलनको ‘काली’ मा समिक्षाको अभिनय