बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

मुम्बईको लगातार आठौं हार, प्लेअफबाट बाहिरिने निश्चित

सोमबार, १२ वैशाख २०७९, ०६ : ५३
सोमबार, १२ वैशाख २०७९

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)  मा लगातार आठौं खेलमा बेहोरेको छ । पाँच पटकको च्याम्पियन मुम्बई आइतबार लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै  प्ले अफको सम्भावना समेत लगभग सकिएको छ । 

जितका लागि १६९ रनको लक्ष्य  पाएको  मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३२ रनमा समेटियो । मुम्बईका रोहित शर्माले  सर्वाधिक ३९ रन बनाए । यस्तै  तिलक बर्माले ३८ रन बनाए । लखनऊका क्रुनाल पान्ड्याले  ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो । लखनऊका कप्तान लोकेश राहुलले सर्वाधिक १०३ रन बनाए । यस्तै मनिष पाण्डेले २२ रन बनाए । मुम्बईका काइरन पोलार्डले  र राइली मेरिडीथले समान २ विकेट लिए । जितसंगै लखनऊ ८ खेलबाट ५  जित  सहित १० अंक बनाएर  चौथो स्थानमा छ ।  मुम्बई ८ खेलमा जितविहीन हुँदै पुछारमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप