सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज
आइतबार, ११ वैशाख २०७९, २२ : ५४

शताब्दी पुरुष सत्यमोहन जोशी १० दिनको उपचारपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । पिसाब, मुटुको चाल, श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि जोशीलाई ललितपुरको किष्ट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनलाई दुई दिन आइसीयु र ८ दिन डिलक्स क्याबिनमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।
हाल उनको पिसाबको संक्रमण नियन्त्रणमा आएको, मुटुको चाल स्थिर रहेको र श्वासप्रश्वासमा सुधार आएका कारण उपचारमा संलग्न चिकित्सक टोलीको राय बमोजीम डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग