कालीप्रसादले दरबारमार्गमा दर्शक नचाउने
आइतबार, ११ वैशाख २०७९, २१ : ५९

गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले आफ्नो चर्चित गीत संगीतबाट दर्शक नचाउने भएका छन् । ३१ वैशाखमा आयोजना हुने ‘कालीप्रसाद बाँस्कोटा लाइभ’ नामक कन्सर्टमा उनले आफ्ना हिट गीत मार्फत दर्शक रिझाउने भएका हुन् ।
दरबारमार्गको क्लब प्लाटिनममा आयोजना हुने कार्यक्रमको आयोजक पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीइ) नेटवर्क हो । कार्यक्रममा ‘जालमा’, ‘निर’, ‘साली मन पर्यो’ लगायत लोकप्रिय गीतहरू आफूले राख्ने कालीप्रसादले बताए । कार्यक्रममा कालीप्रसादको अलवा अन्य केही कलाकारको समेत नृत्य, गायन लगायतको आकर्षक प्रस्तुति हुनेछ ।
कोभिड महामारीपछि कालीप्रसादको काठमाडौंमा पहिलो कार्यक्रम हुन लागेको हो । कालीप्रसाद केही समयअघि सम्पन्न गायन रियालिटी शो ‘सा रे ग म प’को निर्णायक समेत रहेका थिए । ‘नेपाल आइडल’को सिजन १, २ र ३ मा पनि उनी निर्णायक रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी