शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

पाल्पामा १७ थान बन्दुक र पाँच सय बढी गोली बुझाइयो

आइतबार, ११ वैशाख २०७९, २१ : ४९
आइतबार, ११ वैशाख २०७९

स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षालाई मध्ये नजर गर्दै  जिल्ला प्रशासन कार्यालय पाल्पाले हात–हतियार बुझाउन सार्वजानिक सुचना जारी गरेलगत्तै नागरिकहरुले  १७ थान विभिन्न प्रकारका बन्दुक र पाँच सय थानभन्दा बढी गोलीहरू बुझाएका छन् ।

पाल्पाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र थापाले दिएको जानकारी अनुसार बोर नाले बन्दुक, नाले टोटा बन्दुक र बारे राइफल गरी ५ सय ४२ वटा गोली समेत बुझाइएको हो । ति हतियारहरू इजाजत प्राप्त भए पनि शान्ति सुरक्षालाई ध्यानमा राखी  बुझाइएको जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप