काभ्रेको नमोबुद्धका मेयर आकांक्षी पाण्डेमाथि आक्रमण
आइतबार, ११ वैशाख २०७९, २१ : ४७

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरको दावी गरेका रोशन पाण्डेमाथि आक्रमण भएको छ । आइतबार साँझ काँग्रेसकै अर्का आकांक्षी कुन्साङ लामाको समूहले उनीमाथि कुटपिट गरेको आरोप छ ।
पाण्डेको बेनपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बनेपा भिलेज रिसोर्टमा बैठक बसिरहेको बेला उनीमाथि आक्रमण भएको थियो । रोशन पाण्डे काँग्रेस निकट क्रियाशील पत्रकार समेत हुन् ।
टिकट वितरणबारे निर्णायक छलफल भइरहँदा अर्को समूहले अचानक मास आक्रमण गरेको बताइएको छ । आक्रमणबाट पाण्डेको शरीरमा चोटपटक लागेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले आक्रमणमा संलग्नहरूबारे अनुसन्धान भइरहेको रातोपाटीलाई बताए । नमोबुद्ध नगरपालिकामा टिक वितरणबारे कांग्रेसभित्र आन्तरिक विवाद थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म