बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मोरङमा २ सय ८२ जनाले दिए उम्मेदवारी

आइतबार, ११ वैशाख २०७९, २१ : ४१
आइतबार, ११ वैशाख २०७९

यही वैशाख ३० गते हुन स्थानीय तहको निर्वाचनको लागि मोरङबाट २ सय ८१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले आज र भोलिका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ ।

ठूला राजनीतिक दलहरुले औपचारिक रुपमा आज उम्मेदवारी दर्ता गराएका छैनन् । निर्वाचन कार्यालय मोरङले दिएको जानकारी अनुसार आज मोरङको धनपालथान गाउँपालिकामा कसैले पनि उम्मेदवारी दिएका छैनन्  ।
सबैभन्दा बढी उम्मेदवारी भने विराटनगरमा परेको छ । विराटनगरमा ३ जना प्रमुखसहित ५७ जनाले उम्मेदवारी दिएका छन् । मोरङमा १७ वटा पालिका छन् । 

मनोनयन दर्ता गर्नेहरूमा महानगर तथा नगरको प्रमुखमा २१ र उपप्रमुखमा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै १६ वटा स्थानीय तहमा ४८ जनाले वडाअध्यक्षमा र १ सय ९८ जनाले वडा सदस्य पदमा उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार बेलबारी नगरपालिकामा एक जना प्रमुखसहित तीन जनाले उम्मेदवारी दिएका छन् । प्रमुखमा खम्बुवान राष्ट्रिय मोर्चाले उम्मेदवारी दिएको छ । यस्तै पथरीशनिश्चरेमा दुई जनाले प्रमुखसहित २५ जनाले उम्मेदवारी दिएका छन् । प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी र मंगोल नेसनल अर्गनाइजेसनले उम्मेदवारी दिएको हो ।

यसैगरी सुन्दरहरैंचा नगरपालिकामा तीन जना प्रमुखसहित १० जनाले उम्मेदवारी दिएका छन् । सुन्दरहैंचामा विवेकशील साझा पार्टी, स्वतन्त्र र मंगोलनेसनल अर्गनाइजेसनले प्रमुखमा उम्मेदवारी दिएको छ । सुनवर्षीमा एक जना प्रमुखसहित १७ जना, रंगेलीमा एक जना वडाअध्यक्षले मात्र उम्मेदवारी दिएका छन् । रतुवामाइमा एक जना प्रमुखसहित ३४ जनाको उम्मेदवारी परेको छ । लेटाङमा एक जनाको मात्र प्रमुखमा उम्मेदवारी परेको छ । उर्लाबारी नगरपालिको प्रमुखमा २ जनासहित ४२ जनाले उम्मेदवारी दिएका छन् ।

बुढीगंगामा गाउँपालिकामा एमालेबाट प्रमुख बलभद्र सददार थारु, उपाध्यक्षमा तुसला कुवर विष्टले उम्मेदवारी दिएका छन् । बुढीगंगामा तीन जनाले प्रमुखसहित ४० जनाको उम्मेदवारी परेको छ । ग्रामथानमा एमालेबाट अध्यक्षमा शिवनारयण माझी र उपाध्यक्षमा गुढावती धामीको उम्मेदवारी परेको छ । ग्रामथानमा दुई जना अध्यक्षसहित ३९ जनाको उम्मेदवारी रहेको छ । केराबारी गाउँपालिकामा राष्ट्रिय मुक्ति मोर्चाले मात्र अध्यक्षमा उम्मेदवारी दिएको छ । मिक्लाजुङ्गमा ३ जना प्रमुखसहित ४७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत रामकृष्ण श्रेष्ठले जानकारी दिए । कानेपोखरीमा २ जना प्रमुखसहित ४७ र कटहरी गाउँपालिकामा २ जना प्रमुखसहित ७ जनाले उम्मेदवारी दिएका निर्वाचन कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप