सत्ता गठबन्धन बैठक : पाँच दलबाहेक अन्य दलसँग तालमेल नगर्ने निर्णय
आइतबार, ११ वैशाख २०७९, २१ : ०४
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुले पाँच दल बाहिर तालमेल नगर्ने भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक उक्त निर्णय गरेको हो ।
बैठकले सोमबार मनोनयन दर्ता गर्नु अघि पार्टी अध्यक्षहरूको बैठक बसी भागबण्डा मिलाउन अधिकतम कोशिस गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी उपेन्द्र यादव र नेता बाबुराम भट्टराई सहभागी थिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता
-
कीर्तिपुरमा त्रिपक्षीय भिडन्त हुने सम्भावना, के भन्छन् उम्मेदवारहरू ?
-
कर्णाली याक्सको ‘युथ ब्रान्ड एम्बासडर’ मा सिसन बानिया