बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकद्वारा विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण

आइतबार, ११ वैशाख २०७९, २० : ३७
आइतबार, ११ वैशाख २०७९

एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत पुकु दिदी फाउण्डेशन र वाग्मती मा. वि, सिसौट सर्लाहीका प्रधानाध्यापक श्री राम सिंहासन रायको उपस्थितिमा उक्त विद्यालयका विद्यार्थीहरूलाई स्कुल झोला वितरण गरेको छ । 

वितरणको कार्यक्रममा बैंकको तर्फबाट मधेस प्रदेश प्रमुख कमल पोखरेलसहित शाखा प्रबन्धकहरू विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्र उपस्थित थिए भने पुकु दिदी फाउण्डेशनबाट श्रीमती शोभा पौडेल लगायत सदस्यहरू उपस्थित थिए । बैंकले स्कुल ब्यागहरू, इन्भर्टर र ब्याट्री वितरण गरेको थियो । उक्त कार्यक्रममा प्रदेश प्रमुख पोखरेलले यस सहकार्यले विद्यार्थीको पठन पाठनमा सहज हुने विश्वास व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप